३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

संसद भवन जाँदा कुनै तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिना तामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन्।

सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उनले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। ‘शीतलनिवासबाट नयाँबानेश्वर चोकसम्म राष्ट्रपतिज्यूको सवारी सामान्य हुन्छ,’ ट्रााफिक प्रहरी प्रमुख डीआईजी कोषराज पोखरेलले भने,’ ‘नयाँ बानेश्वर चोकदेखि सर्भिस लेनबाट औपचारिक सवारी हुन्छ। अन्य स्थानम सडक अवरुद्ध हुँदैन।’

प्रकाशित मिति : May 19, 2023 at 1:30 pm