१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

प्रधानमन्त्रीसँग लगानीकर्ताको ६ बुँदे मागः १२ कराेडकाे सीमा हटाउनदेखि जोखिम भारित औसत १०० % कायमसम्म

३ जेठ, काठमाडाैं । सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित लगानीकर्ताहरूले प्रधानमन्त्रीलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छ हुन् ।

लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न पनि माग गरेका छन् । त्यस्तै १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन पनि लगानीकर्ताहरुले माग गरेका छन्।

सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ।लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रुपमा विभाजन गरी सोहीअनुरुप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

साथै, लगानीकर्ताले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : 17:14