१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दसहित आन्दोलनको घोषणा

३ जेठ, काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी नाउपाले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । बुधबार उन्मुक्ति पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने जानकारी दिएको हो । टीकापुर घटनामा पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला यथावत राखेपनि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले चौधरीको मुद्दाराजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने भनाइ राखे । उनले भने ‘यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुने छौं जेष्ठ ३,४,५ गते देशव्यापी राँके जुलुश प्रर्दशनी, कोण सभा र जेष्ठ ६ गते देखि १० सम्म “नेपालबन्द“ गर्ने छौं । ’

उनीहरुले अहिलेको सरकारले २०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनाउन नचाहेको भन्दै प्रश्न पनि गरेका छन् ।उनीहरुले सर्वोच्चको फैसला फैसला स्वीकार्य भए पनि यो राजनीतिक मुद्दा अदालती नभएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : May 17, 2023 at 2:27 pm