२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

काठमाडाैंकाे सुकेधारामा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

२ जेठ, काठमाडाैं । काठमाडौंकाे सुकेधारामा भ्यानकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ । काठमाडौं महानगरपालिका–४ सुकेधारामा प्रदेश ३–०१–०२४ च ७४६५ नम्बरको भ्यानले ठक्कर दिँदा पैदलयात्री ६८ वर्षीया फूलमाया नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बिहान भ्यानको ठक्करबाट घाइते भएकी नगरकोटीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 16, 2023 at 3:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/