प्रहरी हिरासतमा रहेका पूर्वसांसद आङटावा शेर्पाकाे टाउकोमा चोट
२ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा साेमबार प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाकाे टाउकोमा चोट लागेको छ। राति बाथरूम जाँदा लडेर टाउकोमा सामान्य चोट लागेको परिसर प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
एसपी रिजालले भने, ‘टाउकोमा चोट लागेकाले राति नै उपचारको लागि वीर अस्पताल लगिएकाे थियाे, तर उहाँ डिस्चार्ज भइसक्नु भएको छ ।’ उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रकाशित मिति : May 16, 2023 at 11:56 am










