८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

साेमबार यी हुन् सर्वाधिक काराेबार हुने कम्पनी

१ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर १८१८.३१ बिन्दुमा बन्द भएको छ । आज २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच हुदाँ ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड ४ लाख रपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख, नागरिक लगानी कोषको २ करोड ४३ लाख, प्रभु बैंकको २ करोड २८ लाख र शिवम् सिमेन्ट्सको २ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:१२