३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

१ जेठ, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिवले उल्लेख गरेका छन् ।

त्यस्तै, आजको बैठकमा संविधानसभा सदस्य नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन प्रतिशोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचिमा समावेश गरिएको छ ।

प्रकाशित मिति : May 15, 2023 at 9:20 am