१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम पार्न दिनु हुँदैनः स्वर्णिम वाग्ले

३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम बोग्लेले नेपालबाट उब्जेको नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न दिनु नहुने बताएका छन् ।

आईतबार काठमाडौंमा आयेजित नक्कली भुटानी शरणार्थी प्रकरण विषयक कार्यक्रममा बोल्दै उनले यो काण्डमा संसार भर छरिएर रहेका नेपालीहरुको पनि प्रतिष्ठाको विषय बनेको बताए । उनले आफुले यो केसबारे उठान गर्दा ट्वीटरमा राष्ट्रसंघका महासचिवलाई पनि ट्याग गरेको चर्चा गर्दै आफुलाई यो प्रकरण अन्तर्रांष्ट्रियकरण गराएको आरोप पनि लागेको गुनासो गरे ।

उनले भने ‘ नक्कली भूटानी शरणार्थी प्रकरणालाई विश्व समुदायले चासोका साथ हेरेको छ , विदेशका धेरै मुलुकमा बसेका नेपालीको प्रतिष्ठासँग पनि जोडिएको छ, त्यसैले पनि यो केसलाई सामसुम पार्न दिनु हुँदैन’

सांसद वाग्लेले भ्रष्टाचारमा संलग्न भएका भनिएकाहरुले पनि प्रमाण देखाउन चुनौती दिदै हिड्नुलाई गम्भीरताका साथ लिनु पर्ने बताए । खुलमखुल्ला चुनौती दिनसक्ने आटँ आंशकित व्यक्तिहरुको कहाँबाट आयो त्यसतर्फ ध्यान दिनु जरुरी भएको पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : May 14, 2023 at 4:33 pm