१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

अष्ट्रेलियामा मनाइयो उभौली पर्व (फोटो फिचर)

एडिलेड किरात सोसाइटी साउथ अष्ट्रेलियाको आयोजनामा एडिलेडमा उभौली पर्व मनाईएको उभौली पर्व किराँतहरू महान चाड हो यो पर्व बसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् दैविप्रकोपतथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ यो पुजा कृषि युगको शुरुबाटै शुरु भएको मानिन्छ सुनुवार, राई लिम्बु, याख्खाहरुलेमनाउने यस चाडमा सुनुवार राईहरू साकेला नाच्छन भने लिम्बु याख्खाहरुले च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन् ।

एडिलेडको स्थानिय पार्कमा आयोजित कार्यक्रममा परम्परागत   पुजा थानको स्थापना गरि पुजा गरि वरिपरि साकेला नाच नाचिएकोथियो औपचारिक शुभकामना आदान प्रदान कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृत मन्त्री जो वेटीसनकी प्रतिनिधि समेत रहेकीसंसद सदस्य सारा एन्ड्रयूजले बहुसास्कृतिक देश अष्ट्रेलियामा आफ्नो परम्परालाई जोगाउदै यहाको समुदायलाई प्रदर्शन गरेको खुशीव्यक्त गर्दै साउथ अष्ट्रेलिया सरकारले यस्ता विविध सांस्कृतिक पक्षहरुलाई यहा स्थापित गर्न सक्दो सहयोग गर्ने बताइन

साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले उभौली पर्वको शुभकामना व्यक्त गरेका थिइन कार्यक्रममा कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्य दुत दिपक धमला, म्यारियन काउन्सिलकी काउन्सिलर तथाएनआरएनए अष्ट्रेलिया उपाध्यक्ष रेनुका लामा लगायत नेपाली समुदायका अगुवाहरु सहित ठुलो संख्यामा नेपाली समुदायको उपस्थितिरहेको थियो

सोसाइटीकी सहसचिव संगिता राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सभापतित्व सोसाइटीकी अध्यक्ष त्रिसना साङ्पाङराईले गरेकी थिइन अध्यक्ष राइले प्रवासमा नेपाली परम्पराहरुलाई निरन्तरता दिदै भावि पुस्तालाई क्रमश हस्तान्तरण गर्दै जानकार्यक्रम आयोजना गरेको बताईन् । कार्यक्रमको संयोजन नमिता लिम्बु रहेकी थिइन ।

प्रकाशित मिति : May 14, 2023 at 2:04 pm