अन्तिम काराेबारकाे दिन यी हुन् सर्वाधिक खरिदबिक्री हुने कम्पनी
२८ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर १८३८.५९ बिन्दुमा बन्द भएको छ ।
आज जम्मा ५७ करोड ८८लाख ४१ हजार बराबरकाे कारोबार भएको छ । आज नेपाल टेकिमको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर २ करोड ७० लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १ करोड ८० लाख, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख र हिमालयन डिष्टिलरीको १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १५:१३












