१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ६ सय पुग्यो

२८ वैशाख, काठमाडाैं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ६ सय ४३ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०७९ चैत मसान्तमा ११,६४३ पुगेको छ ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ चैत मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

कुल ७५३ स्थानीय तहमध्ये २०७९ चैतसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७८ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

प्रकाशित मिति : May 11, 2023 at 12:14 pm