१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

२८ वैशाख, काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज सुरु भएको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : May 11, 2023 at 11:59 am