१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नक्कली शरणार्थी प्रकरणमा गगन थापा भन्छन्ः प्रधामन्त्रीले दह्रोसँग खुट्टा टेके फिल्म हाउसफुल हुन्छ

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले खुट्टा नछ्न नुहने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा दोषी नेता होस् कि नाता कोहि छुट्न नहुने बताएका छन् उनले यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने फिल्म चल्ने मात्र नभई हाउसफुल हुने टिप्पणी गरे ।

उनले भने ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस् ।मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् ।

एउटा पनि नछुटोस् यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’ उनले बजेट निर्माण प्रक्रियालाई मंसिरबाटै सुरु गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।

प्रकाशित मिति : May 10, 2023 at 2:50 pm