१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

ईङवा हाइड्रोको आईपीओ बाँडफाँडः ९ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा

२७ वैशाख, काठमाडाैं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख १३ गतेदेखि वैशाख १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान बाँडफाँड गरिएकाे हाे ।

क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ३ हजार ९ सय ९५ जना आवेदकबाट कुल १ करोड २८ लाख ९५ हजार ४ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ११ लाख ९९ हजार ९ सय ६७ जनाको आवेदन योग्य भएको छ । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन जरेका कारण गाेलाप्रथाबाट बाँडफाँड गरीएकाे छ ।

गाेलाप्रथाबाट बाँडफाँड गर्दा कुल १ लाख २६ हजार ८ सय ६३ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै आवेदकमध्ये भाग्यमानी ९ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। १० लाख ७३ हजार १०४ आवेदकको हात खाली भएको छ। कम्पनीकाे आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको नतिजा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट https://www.nsmbl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : May 10, 2023 at 9:59 am