१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा आउँदैनः अध्यक्ष लिङ्देन

२६ वैशाख, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा उनले ठूलो संख्याको जनप्रनितिधिको जनसंख्या कटौती गर्ने र प्रदेश खारेज नगरेसम्म आर्थिक अर्थतन्त्र ठीक ठाउँमा नआउँने बताए ।

अध्यक्ष  लिङ्देनले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानो कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।  उनले भने ‘सरकारले बजेट ल्याउने क्रममा बजेटमा ल्याउने प्राथमिकता र सिद्धान्तहरु कर्मकाण्डी छन् । नियमित जस्तो छन् । अघिल्लो दिनहरुमा कसरी आउँथ्यो त्यसरी नै आएका छन् । सबै विषय गर्न खोजिएको छ तर गर्ने भनिएको छ तर अर्थमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् यहि प्राथमिकता र सिद्धान्तले र आर्थिक नीतिले अर्थतन्त्रको सामना गर्न सकिन्छ ? यो अत्ति फितलो भयो नयाँ केहि आएन अब सरकारले केहि गर्न सक्छ भन्ने खालको छैन् ।’

उनले कर तिर्न घुस खुवाउनुपर्ने स्थितिको अन्त्य गर्न र बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न समेत माग गरे ।
अध्यक्ष लिङदेनले भने ‘अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्यो । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्यो । उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु, ।‘ सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसका लागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनु पर्ने स्थितिमा छौं । कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन ।’

प्रकाशित मिति : 15:39