७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

हरियाली छाएकाे सेयर बजारमा मंगलबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

२६ वैशाख, काठमाडाैं  । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर घटेकाे बजार तेस्राे काराेबारकाे दिन भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०. ६६अकंले घटेर १८४४.३६ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा सुधार आएपनि काराेबार रकममा भाे सुधार आउन सकेकाे छैन । आज ७७ कराेड ४७ लाख ६० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ  ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ६ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४५ लाख, स्वाभिमान लघुवित्तको प्रोमोटर सेयरको ३ करोड ४७ लाख, नबिल बैंकको २ करोड ३ लाख र हिमालयन डिष्टिलरीको १ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १५:११