२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

२५ वैशाख, काठमाडाैं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) वैशाख २७ गते बुधबार बाँडफाँड  हुने भएकाे छ । वैशाख १३ गतेदेखि वैशाख १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन भएकाे आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ९ बजे बाँडफाँड  हुने भएकाे हाे ।

 कम्पनीले जारी पुँजी १० प्रतिशतले हुन आउने ६ लाख कित्ता आयोजना प्रभावितलाई निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसमा ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको थियो।

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले कुल १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता विदेशमा रहेका श्रमिकलाई बिक्री खुला गरिसकेको छ।

बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५९ हजार ९०१ आवेदकबाट कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता सेयरकाे लागि आवेदन परेकाे छ ।  जुन मागभन्दा १०.८६ गुणाले बढी हो।

मागभन्दा बढी आवेदक परेकै कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। गोलाप्रथाबाट बाँडफाँड  गर्दा भाग्यमानी १ लाख २६ हजार ८६३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। भने बाँकी ११ लाख बढी आवेदकको हात खाली हुने देखिन्छ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १७:१३