७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

यी हुन् साेमबार सर्वाधिक काराेबार हुने कम्पनी

२५ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट आएकाे छ । साेमबार सेयर बजार दाेहाेराे अंकले घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको छ ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख, हिमालयन डिष्टिलरीको २ करोड २० लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड १ लाख र एनआइसी एशिया बैंकको १ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १५:१६