२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

संसद बैठकमै नाङ्गिएका अमरेश भन्छन्ः बिचौलियाले बनाएको बजेट पढ्ने संसदमा बोल्न दिइएन

२५ वैशाख, काठमाडौं । आफूलाई बोल्न नदिएको झोकमा संसदमै अर्धनग्न भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट बिचौलियाले बनाउने गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा बोल्न नदिएपछि कपडा उतारेका सिंह बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै, बिचौलियाले बनाएको बजेट पढ्ने संसदमा आफूलाई बोल्न नदिएकोले विरोध गरेको टिप्पणी गरे ।

‘बजेट बिचौलियाले बनाउँछन् अर्थमन्त्रीले पढ्छन् सांसदहरूले ताली बजाउँछन्।’ उनले भने, ‘के बजेटबारे छलफल हुन्छ ? मैले धेरै समय मागेको थिइन । दुई मिनेट बोल्न दिइएन।’

नक्कली शरणार्थी प्रकरणदेखि भ्रष्टाचारको विषयमा आफूलाई बोल्न नदिएपछि आफूले विरोध जनाएको उनको भनाई छ । उनले आफू जनताको बीचबाट आएकाले कारबाहीको कुनै अर्थ नहुने समेत बताए ।

प्रकाशित मिति : May 8, 2023 at 2:06 pm