२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

आरएमडीसी लघुवित्तको नाफा बढ्यो , प्रतिसेयर आम्दानी भने घट्यो

२५ वैशाख, काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा पनि ३.२४ प्रतिशतले बढेर ३९ करोड २० लाख रुपैयाँ भएको छ। गत वर्षकाे यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३७ करोड ९७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म कम्पनीकाे खुद ब्याज आम्दानी ३.५४ प्रतिशतले बढेर ४६ करोड २९ लाख रुपैयाँ भएको छ। गत वर्षकाे यही अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ४४ करोड ७० लाख रुपैयाँ रहेको थियो। १ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.५७ रुपैयाँबाट घटेर २३.४० रुपैयाँमा पुगेकाे छ। पीई रेसियो २९.६५ गुणा रहेको कम्पनीकाे प्रतिसेयर नेटवर्थ २२९.४१ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : May 8, 2023 at 10:36 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/