८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

२४ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । आइतबार सेयर बजार दाेहाेराे अंकले घटेकाे हाे ।

नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ६० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, मकर जितुमाया हाइड्रोपावरको १ करोड ८९ लाख, नबिल बैंकको १ करोड ६८ लाख, एनआइसी एशिया बैंकको १ करोड ५३ लाख र ङादी ग्रुप पावरको १ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १५:११