१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

२४ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ। शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले एक सूचना जारी गर्दै अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको जनाएको छ।

सामान ढुवानीका क्रममा हेलिकप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो । अब अर्को सूचना जारी नभएसम्म सिम्रिकका सबै उडानमा प्रतिबन्ध कायम रहने प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : May 7, 2023 at 1:14 pm