११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

छुटाउनु भयाे की ? एक लाख कित्तासम्म भर्न सकिने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२४ वैशाख, काठमाडाैं । मोदी ईनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २४ आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आईपीओ निष्काशन खुला भएको थियो।

यसअघि यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँड गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। यस मध्य ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप गर्दै ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : May 7, 2023 at 9:01 am