२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

बाराकाे महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

२२ वैशाख, सिमरा । बाराको महागढीमाई नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरिएकाे छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले शुक्रबार प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन्।

स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए ।स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग स्थानियले राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाका काम समेत प्रभावित बनेको छन्। प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवले चार महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको भन्दै असन्तुष्टी व्यक्त गर्दै आएका छन् । उनि प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडौंमा छन्।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १६:३४