२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, काठमाडौं । संखुवासभाको गोला भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

उनले भने, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।” माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १४:१६