७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

घलेम्दी हाइड्रोको विद्युत् बिक्री आम्दानी घट्याे, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

२२ वैशाख, काठमाडाैं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार समिक्षा अवधिसम्ममा कम्पनी  १  करोड ५५ लाख रुपैयाँ घाटामा रहेकाे छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी १ करोड ६ लाख रुपैयाँ घाटामा रहेकाे थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २७.६७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ११ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा रिजर्भ ९१ लाख ३३ हजार रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.८२ रुपैयाँले ऋणात्मक रहेको छ भने पीई रेसियो ९४.६१ गुणा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १३:१०