२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेप्सेले गर्याे एक कम्पनीकाे सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

२१ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले लघुवित्तलाई गल्ती नदोहोराउन सचेत गराउदै सेयर कारोबार फुकुवा गरेको हो । कम्पनीकाे सेयर कारोबार फुकुवा भएसँगै अब आइतबारबाट लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ।

लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरण सम्बन्धी गरेको निणर्य १९ गते विहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ भएको व्यवस्था अनुसार कम्पनीकाे सेयर मूल्य प्रभावित हुनेगरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले ३ कार्यदिनभित्र यस विषयमा स्पष्टीकरण माग गदै लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो ।

राष्ट्र उत्थान लघुवित्तले सूचना प्रवाहसम्बन्धी गलत बुझाइका कारण समयमै लाभांश प्रस्तावसम्बन्धी सूचना जानकारी गराउन नसकेको भन्दै क्षमयाचना गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

कम्पनी सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रास्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीकाे आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धीत सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : May 4, 2023 at 5:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/