२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिने कार्य बन्द गर्नुपर्छः रेखा शर्मा

२१ वैशाख, काठमाडौं । सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले, महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिएको प्रति आपत्ति जनाएकि छिन् । काठमाडौंमा आयोजित, विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा उनले, महिलाहरुलाई सुन्दर भएकै आधारमा विज्ञापनको साधनको रुपमा प्रयोग गर्ने गरिएको भन्दै सो कार्यलाई छिटोभन्दा छिटो बन्द गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘महिलाहरुलाई विज्ञापनको साधानको रुपमा जसरी प्रयोग गरिरहेको छ, त्यस्तो गर्न हुदैँन् । सुन्दर हुदैँमा विज्ञापनको साधान हुनु पर्ने भन्ने हुदैँन् । यसलाई रोक्नु पर्छ । लैङ्गिक समानता र चेतना दिने विषयमा विज्ञापन बोर्ड नियामक निकाय हो, यसले निरन्तर रुपमा चेतना दिएको छ ।’

लैङ्गिक समानताबारे चेतना दिने विषयमा विज्ञापन बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएकी उनले नेपाली समाजमा रहेको लैङ्गिक असमानता, वेदभावलाई हटाउन चेतनामूलक विज्ञापनको आवश्यकता औल्याइन् । वर्तमान समयमा मानिसको चेतना विकास भए पनि व्यवहारपूर्ण रुपमा परिवर्तन हुन नसकेको नसकेको उनको भनाई छ ।

उनले विज्ञापन बोर्ड, चलचित्र बोर्ड जस्ता संस्थाहरु समाज परिवर्तनको लागि काम गर्ने संस्था भएकाले यी संस्थालाई व्यवस्थित गर्न आवश्यक भएको बताइन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १६:१६