७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

आज साँझ ५ बजेबाट सिडिएसको सम्पूर्ण सेवा अवरुद्द हुने

२१ वैशाख, काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सेवा बन्द हुने भएको छ । सिडिएससिले सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि अधिकतम १ दिनको लागि सेवा अवरुद्द हुने जनाएको हो ।

सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्दद्धारा संचालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण सर्भर माइग्रेसन लगायतका कार्यहरु गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएकाे हाे ।  सिडिएससिका अनुसार आज २०८०।०१।२१ गते साँझ ५.०० बजे देखि अधिकतम एक दिन सम्म सिडिएससिले सञ्चालन गरेका सम्पूर्ण सेवाहरू अवरुद्ध हुने छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १५:४७