७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

हरियाली छाएकाे सेयर बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

२१ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर ओराेलाे लागेकाे बजारमा अन्तिम काराेबारकाे दिन भने दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर १८६९.७३ बिन्दुमा बन्द भएको छ । आज २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।

आज नबिल बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे यस दिन ५ करोड लाख रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्स, हिमाल दोलखा, एभरेष्ट बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया, एनटीसी, नेपाल पुनर्बीमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १५:१२