१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२१ वैशाख, मनहरी । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । मृतक दुवैको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 4, 2023 at 1:07 pm