नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?
२१ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ सूचिकृत भएको हो ।
नेप्सेमा कम्पनीकाे स्थानीयको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको १५ लाख २० हजार कित्ता र संस्थापको ५३ लाख २० हजार कित्ता गरी कुल ७६ लाख कित्ता सेयर सूचीकृत भएको हाे ।
कम्पनीको पहिलो कारोबारका लागि ९२ रूपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । नेप्सेले मकर जितुमाया सुरी हाइड्रोपावरलाई ‘एमएकेएआर’ कारोबार संकेत प्रदान गरेको छ। आइतबार स्पेसल प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।
प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १२:४६













