१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

ठगी गिरोहको भीआईपी जालो उजागर हुँदैछ, कानूनभन्दा माथि कोही हुँदैनः गगन थापा

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणघटना नभई प्रवृत्ति भएको बताएका छन् ।

बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन् ।

उनले लेखेका छन् ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’

उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको भन्दै यस्तो कार्यमा संलग्न कोही पनि नछुटाउन सम्बन्धित निकायलाई पनि आग्रह गरेका छन्

प्रकाशित मिति : May 4, 2023 at 11:58 am