२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

उपराष्ट्रपतिद्वारा चाल्र्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

२० वैशाख, काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चाल्र्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए । उनले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कनेछ भन्ने विश्वास व्यक्त गरेकाे उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । उनले भूपू गोर्खा सैनिकको मागको विषयमा भएका वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १७:४२