२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

२० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट भने कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १७:०३