१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

एडिलेडमा अष्ट्रेलिया व्यापी बास्केटवल प्रतियोगिता हुदै

एडिलेड नेप्लिज एडिलेड बास्केटवल(न्याब)को आयोजनामा  अक्टोवर मा अष्ट्रेलिया व्यापी बास्केलबल प्रतियोगिता हुने भएको

न्याबका अध्यक्ष रोश धमलाले पहिलो ग्रेस बास्केटवल प्रतियोगितामा सिड्नी मेल्वन लगायतका शहरहरुका टिमहरु प्रतियोगितामासमावेश हुने बताए यहि मे मा मेलवर्नमा आयोजना हुने बास्केटवल प्रतियोगिताका लागि एडिलेडबाट जाने खेलाडीहरुलाईबिदाइका लागि आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् न्यावले अक्टोवरमा आयोजना गर्ने प्रतियोगितामा विजेतालाइअष्ट्रेलियन डलर तिन हजार उप विजेतालाई अष्ट्रेलियन डलर एक हजार प्रदान गरिने एवं खेलाडीहरुलाई विभिन्न विधामामा समेतपुरस्कृत गरिने भएको म्यारियन सिटी काउन्सिलको स्थानिय मिचेल पार्क स्पोर्ट तथा कम्युनिटी  सेन्टर प्रतियोगिता संचालन हुनेभएको

विदाई तथा जर्सी बितरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य स्पोन्सर ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश थापाले मेलवर्न जानलागेकोटिमलाई शुभकामना दिदै अक्टोवरमा हुने प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरेका थिए कार्यक्रममा खेलाडीहरुलाई ग्रेसइन्टरनेशनलका निर्देशकहरु उज्जव श्रेष्ठ मन्जेश प्रधानाङ्गले शुभकामना व्यक्त गरेका थिए

मेलवर्नमा हुने खेलमा क्याप्टेन सागर ढेके, तुफान शाही ठकुरी, मञ्जिल भट्ट, रुद्र पुन, सिद्धार्थ प्रधान, ओबेद केसी, देयोन बोवर, रोनित सहि, सौरभ बराल,राइन धमला, प्रमेश क्षेत्री सहभागी हुने भएका छन्

प्रकाशित मिति : May 3, 2023 at 4:53 pm