२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

तनहुँको आँधीखोलामा घरमा ट्रक ठोक्किंदा ३ को मृत्यु, ५ जना घाइते

२० वैशाख, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधी खोलामा ट्रक दुर्घटना भइ घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो । दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको खाँणले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:४२