२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन

१९ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ ।  थप उपचारका लागि काठमाडौँ ल्याउँदा नै निधन भएको आशंका गरिएका थापालाई अस्पतालले मंगलबार मृत घोषित गरेको हो । रविको चुनावी प्रचारकै क्रममा उनको घरको छतबाट खसेर घाइते भएको भनिएका थापाको सुरूवाती उपचार चितवनकै अस्पतालमा भएको थियो ।

उनको थप उपचार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भएको भए पनि रविको चुनावमा असर पर्ने भन्दै बिरामीको बारेमा कुनै जानकारी दिइएको थिएन । १० दिन अघि (वैशाख ९) देखि नै चिया पसलहरूमा भने थापाको निधन भैसकेको भन्दै हल्लाहरू फैलिएको थियो ।

यद्यपी यसबारेमा आधिकारिक पुष्टि मंगलबारमात्र अस्पतालले गरेको छ । चिकित्सकहरूले १ बजेर ३५ मिनेट जाँदा मृत घोषित गरेको अस्पतालले जनाएको छ । रविका समर्थकहरूले उनको असफलताका लागि यस्तो हल्ला चलाएको भन्दै त्यसको प्रतिवाद गरेका थिए ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ स्थायी घर भएका ३९ वर्षीय थापाको टाउकोमा गहिरो चोट लागेको थियो । थापालाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

सिन्धुपाल्चोकका पत्रकार निरोज चाैलागाईले चालक थापाको मृत्यु पहिल्यै भैसकेको र मंगलबारमात्र मृत घोषणा गर्ने तयारी गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन । उनले बिहानै थापाको परिवारलाई जम्मा हुन निर्देशन दिइएको जानकारी सामाजिक सञ्जालमा बाँडेका छन । उनले भनेका छन, ‘रबिको सत्ता बार्गेनिङपछि चालकलाई मृत्यु घोषित गरियो। रबि लामिछानेको गाडी चालक शम्भु थापाको निधन यतिबेला आएर सर्बजनिक भयो । उनको मृत्यु यस अगाडिनै भएको पुष्टि काहा बाट हुन्छ भने शम्भुको परिवार र आफन्तलाई बिहानै जम्मा हुन पर्यो भनेर खबर आएको थियो ।’

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १५:३५