११९ रुपैयाँमा कुमारी बैंकको करिब १५ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
१९ वैशाख, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर आज वैशाख १९ गतेबाट बिक्रीमा ल्याएकाे हाे ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडाैंकाे कमलादीस्थित कार्यालयमा जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : May 2, 2023 at 12:01 pm









