२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कुनमा कति ?

१९ वैशाख, काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो। आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँने गर्दछ ।

नेपाल आयल निगमका अनुसार सोमबार आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा तथा डिजेलमा ४ रुपैयाँ ११ पैसा घटेर आएको हो ।

हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ६५ रुपैयाँ हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : 09:50