२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

गणेश खोलाको पुल भासिएपछी पृथ्वी राजमार्ग बन्द, चिनियाँ राजदूतलाई पार गराइयो

-हरिशंकर भट्ट

१८ वैशाख, धादिङ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामा नयाँ पुल बनाउनका लागि खनिएको खाल्डोका कारण पुल भाँसिदा पृथ्वी राजमार्ग बन्द भएको छ । सोमबार बिहानैदेखि परेको वर्षाका कारण पुल भासिएपछि राजमार्ग अबरूद्ध भएको हो ।

पुलमा ठूलो भ्वाङ परेको छ भने छेउछाउको जग भासिएको छ । नुवाकोट दरबार अवलोकन गरेर काठमाडाैँ फर्कदै गरेका नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई भने प्वाल परेकै पुलबाट काठमाडाैँ पठाइएको छ । राजदूत सोङ सोमबार बिहानमात्रै सोही मार्गको प्रयोग गर्दै नुवाकोट गएका थिए ।

अहिले दुबै तर्फको सावरी अबरूद्ध रहेको छ । अर्को पुल निर्माण गर्न खनिएको खाडलकै कारण पुलमा समस्या देखिएको स्थानीयले बताएका छन । अहिले हजाराैँ गाडी राजमार्गको दुबैतर्फ रोकिएका छन । रातिसम्ममा भए पनि पुलको प्वाल पुरेर एकतर्फी गाडी सञ्चालन गर्ने तयारी भएको छ यद्यपी  सडक सुचारू गर्न कम्तिमा ७ देखि १० घण्टा लाग्ने रेडियो कृषिका स्टेशन म्यानेजर सरोज पाैडेलले जानकारी दिए ।

गल्छीबाट नुवाकोट मोडिए सवारी

पृथ्वी राजमार्ग बन्द भएको सूचनापछि काठमाडाैँका लागि हिडेँका प्राय सवारीसधान गल्छी हुँदै नुवाकोटको बाटो काठमाडाैँ हिडेका छन । अहिले सयाैँ सवारी गल्छीबाट त्रिदेशीय मार्ग हुँदै नुवाकोटको विदुर, बट्टार, थानसिङ, टोखा हुँदै काठमाडाैँ हिँडेका छन । तस्बिरहरूः सरोज पाैडेल

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १४:००