२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाले होइनः केपी ओली

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाको नभएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित मजदुर दिवसको कार्यक्रममा अध्यक्ष ओलीले सिंहरदरबार भित्रको फोहोर उठाउने ठेक्का शहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मा महानगरको नभइ त्यही ठेकेदार कम्पनीको रहने बताए ।

उनले भने ‘शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ, महानगरले उठाउन्नं भन्यो । त्यसले उठाउने नै होइन भन्न सरकार सक्दैन ? जसले उठाउने नै होइन,उसले त्यहाँको फोहोर उठाउँदिनं किन भन्छ ? जसले उठाइरहेकै छैन उसले किन उठाउँदिनँ भन्छ, सरकार किन भन्दैन उसले उठाउने होइन भनेर ?’

अध्यक्ष ओलीले महानगरलाई मात्र दोष दिएर फोहोर थुपार्दै रोग फैलाउन नपाइने बताए । फोहोरको नाममा अनेक प्रकारका षड्यन्त्र भएको पनि उनको जिकिर छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १६:१३