६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने कम्पनी

१७ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.११ अकंले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ । आज २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन  ४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख, तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख, नबिल बैंकको ३ करोड २३ लाख र ओरियन्टल होटलको २ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:१५