२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

महावीर पुनको धर्नामा राप्रपाको ऐकेवद्धता, राजेन्द्र लिङ्देन धर्नामा जाँदै

१७ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँग विभिन्न माग राख्दै माइतीघर मण्डलमा जारी राखेको धर्नामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऐकेवद्धता जनाएका छन् । उनले पुनको धर्नालाई समर्थन गर्दै आज(आइतवार) दिउँसो १२ बजे माइतीघर मण्डलामा जाने बताएका हुन् ।

अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सहयोग गर्न संघ,स्थानीय र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन निर्माण गनुपर्ने लगायतका विविध माग गर्दै पुन तीन दिन यता धर्नामा बसेका हुन्। उनको धर्ना माइतीघर मण्डलामा जारी छ ।

उनले धर्ना शुरू गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना माग बुझाएका थिए । उनले तीे माग पूरा नगरेसम्म धर्ना जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १०:२८