२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

भर्नुभयाे त ? २० हजार कित्तासम्म भर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१७ वैशाख, काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले वैशाख १३ गतेदेखि सर्यसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज वैशाख १७ गते अन्तिम दिन हाे ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 30, 2023 at 9:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/