२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

कार्यवहाक राष्ट्रपतिसमक्ष निर्वाचन आयोगद्वारा उपनिर्वाचनको प्रतिवेदन पेस

१५ वैशाख, काठमाडौं । कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष, निर्वाचन आयोगले उपनिर्वाचनको प्रतिवेदन पेस गरेको छ ।शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले, आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा कार्यवहाक राष्ट्रपति यादवसमक्ष गत १० वैशाखमा भएको उपनिर्वाचनको प्रतिवेदन पेस गरेका हुन् ।

‘निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८० निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो।’ राष्ट्रपति कार्यालयले भनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा भर्ना भएकाले कावा राष्ट्रपतिको जिम्मेवारी यादवले सम्हालेका छन्। संविधानको धारा ६७ को उपाधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १५:५४