७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

शिथिल अर्थतन्त्र नै अहिलेको समस्या होः अर्थमन्त्री


१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले शिथिलता के कारण आयो भन्ने कुरामा निजी क्षेत्र जानकार भएको बताए ।

‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ । एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो । कति कसिकसाउ गर्नुपर्ने पथ्र्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो ।’

महँगो ब्याजदरले समस्या सिर्जना गरेको बताए । ब्याजदरले बजारमा पूँजी प्रवाह गर्न नदिएको र मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको बताए । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न सकिने उनको भनाई छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:५८