नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ काराेबार ?
१४ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा आज कामना सेवा विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको हो ।
नेप्सेमा कामना सेवा विकास बैंक लिमिटेडको ४.४१ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २८८.१० रुपैयाँ कायम भएकाे छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३००.८० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै अब आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:३८












