अन्तिम काराेबारकाे दिन यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी
१४ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट अाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२७ अकंले घटेर १८८९.७३ बिन्दुमा बन्द भएको छ ।
आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । साे रकम बराबरकाे काराेबार हुँदा आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यस दिन बैंककाे ३ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड २७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ३ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ करोड ९८ लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १५:०९












