२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न सदा समर्पित छौंः राष्ट्र बैंक

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक सदा समर्पित रहेको बताएका छन् । आज ६८ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै गभर्नर अधिकारीले यस्ताे बताएका हुन् ।

उनले भनेका छन्, ‘मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवम् सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रर्णालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुकुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

 २०१३ साल वैशाख १४ गते स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सव राष्ट्र बैंकले विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।

प्रकाशित मिति : April 27, 2023 at 10:04 am